जोडिनुहोस
  • होमपेज
  • एमाले नेता बस्नेत भेट्न गुण्डु पुगे मेयर बालेन

एमाले नेता बस्नेत भेट्न गुण्डु पुगे मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह नेकपा एमाले नेता महेश बस्नेतसँग भेट्न पुगेका छन्। नेता बस्नेतको घर भक्तपुर पुगेर मेयर शाहले नेता बस्नेतसँग भेटवार्ता गरेका हुन्।

विगतको असमझदारीलाई टुंगाएर सहकार्य गरेर अगाडि बढ्न प्रस्ताव गरेको नेता बस्नेतले बताए। उनले भने, ‘उहाँ मेरो घर भक्तपुरको गुण्डुमा आउनुभएको थियो। विगतको असमझदारी हटाएर सहकार्य गरेर जाऔं भन्नुभयो।’

भक्तपुर पुगेर विकासे योजनाको अवलोकनपछि आफ्नै घरमा संगै खाना खाएर छुटेको उनले बताए।

बालेनको प्रस्तावपछि आफूले सकारात्मक काममा सहयोग र सहकार्य गर्न तयार रहेको जवाफ दिएको नेता बस्नेतले बताए। त्यसो त यसअघि नेता बस्नेत बालेनको चर्को आलोचकको रुपमा प्रस्तुत हुँदै आएको थिए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका