जोडिनुहोस
  • होमपेज
  • सात महिनामा डेढ करोडको ट्वाइलेट पेपर आयात

सात महिनामा डेढ करोडको ट्वाइलेट पेपर आयात

काठमाडौँ । चालू आर्थिक वर्ष २०७९/८० को ७ महिनाको अवधिमा नेपालमा १ करोड ५३ लाख ९४ हजार रुपैयाँको ट्वाइलेट पेपर आयत भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि माघसम्मको अवधिमा उक्त मूल्य बराबरको ट्वाइलेट पेपर भित्रिएको हो ।

यस अवधिमा विदेशबाट ५९ हजार किलोग्राम ट्वाइलेट पेपर भित्रिएको छ । आयातकर्ताले ट्वाइलेट पेपर आयातबापत ५६ लाख ६० हजार रुपैयाँ भन्सार राजश्व बुझाएका छन् ।

नेपालमा विश्वका ६ वटा देशबाट ट्वाइलेट पेपर आउने गरेको छ । भारत, चीन, मलेसिया, इण्डोनेसिया, इजरायल र कोरियाबाट ट्वाइलेट पेपर भित्रिएको तथ्यांक भन्सार विभागसँग छ ।

७ महिनाको अवधिमा इण्डोनेसियाबाट सबैभन्दा धेरै ४३ लाख रुपैयाँको ट्वाइलेट पेपर भित्रिएको छ । यस्तै, मलेसियाबाट ४० लाख रुपैयाँको, चीनबाट ३६ लाख र भारतबाट ३१ लाख रुपैयाँको ट्वाइलेट पेपर भित्रिएको विभागले जनाएको छ । यसैगरी, कोरियाबाट ९२ हजार रुपैयाँको भित्रिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका