जोडिनुहोस
  • होमपेज
  • अभिनेत्री सुरक्षा र अभिनेता मानवले गरे इन्गेजमेन्ट

अभिनेत्री सुरक्षा र अभिनेता मानवले गरे इन्गेजमेन्ट

काठमाडौँ । अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदीबीच इन्गेजमेन्ट भएको छ । बुधबार आयोजित एक समारोहका बीच पन्त र सुवेदीको इन्गेजमेन्ट भएको हो । जसको जानकारी अभिनेत्री पन्तले सामाजिक सञ्जालमार्फत तस्बिर शेयर गर्दै दिएकी छन् । तस्बिरका साथ उनले लेखेकी छन्, ‘आजबाट नयाँ अध्याय सुरु हुँदैछ । हामी धेरै खुसी छौं । आशिर्वाद दिनुहोला ।’

पन्त र सुवेदीको बिहिबार चितवनको सौराहामा विवाह समारोह आयोजना हुँदैछ । विवाहमा दुब तर्फका नजिकका साथीभाई, आफन्त सहभागी हुनेछन् । दुबैले विगत ६ वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्न लागेका हुन् । पन्तले इन्गेजमेन्टको तस्बिर सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा उनलाई बधाई तथा सफल दाम्पत्य जीवनको शुभ–कामना मिलिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका