जोडिनुहोस
  • होमपेज
  • सिरियामा ड्रोन आक्रमणमा चार जना मारिए

अन्तर्राष्ट्रिय

सिरियामा ड्रोन आक्रमणमा चार जना मारिए

  • Sagarmatha TV
  • बुधबार, फाल्गुन २४, २०७९
सिरियामा ड्रोन आक्रमणमा चार जना मारिए

सरकार नियन्त्रित पूर्वी सिरियामा बुधबार इरान समर्थित गुटहरूद्वारा भएको ड्रोन आक्रमणमा चार जनाको मृत्यु भएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ । उक्त आक्रमणमा अन्य आठ जना घाइते भएका छन् ।

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स रामी अब्देल रहमानका अनुसार पूर्वी सहर देइर एजोरमा इरान समर्थित समूहको हतियार कारखाना नजिक ड्रोन आक्रमण भएको हो । आक्रमण शीर्ष इरानी कमाण्डरहरू र लेबनानको हिजबुल्लाह आन्दोलनका वरिष्ठ अधिकारीहरूको निवासलाई लक्ष्य गरेर भएको ठानिएको छ ।

सिरियाली सरकारसँग गठबन्धनमा रहेका इरान समर्थक गुटहरू हिजबुल्लाहलगायत देइर एजोर प्रान्त हुँदै बग्ने युफ्रेटिस नदीको दक्षिण र पश्चिममा भारी मात्रामा तैनाथ छन् ।

आतङ्कवादीले बिछ्याएको बारुदी सुरुङ देइर एजोर नजिक विस्फोट हुँदा केही हताहत भएका सरकारी सञ्चारमाध्यमले जनाएका छन् । यद्यपि त्यसबारे विस्तृत विवरण दिएका छैनन् । गत जनवरी ३० मा सोही क्षेत्रमा भएको ड्रोन हमलामा ११ जना मारिएका थिए ।

सन् २०११ देखि प्रारम्भ भएको द्वन्द्वबाट करिब पाँच लाख सर्वसाधारणको ज्यान गइसकेको छ । शान्तिपूर्ण विरोध प्रदर्शनमा क्रुर दमन भएपछि सिरिया द्वन्द्वको चपेटामा परेको हो । लाखौँ घरबारविहीन भएका छन्भने त्यति नै सङ्ख्यामा विस्थापित भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका