जोडिनुहोस
  • होमपेज
  • नेपाल आईपुगे भलिबल प्रशिक्षक जान

नेपाल आईपुगे भलिबल प्रशिक्षक जान

काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टिमका मुख्य प्रशिक्षक जान जोसे डी ब्रान्ट नेपाल आईपुगेका छन् । बेल्जियन प्रशिक्षक जान बुधबार दिउँसो नेपाल आईपुगेका हुन् । जानलाई नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द, महासचिव रोशन श्रेष्ठ लगायतले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

प्रशिक्षक जान ६ महिनाको लागि राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त भएका हुन् । उनले नेपालको महिला र पुरुष दुबै टोली हेर्ने छन् ।अन्तराष्ट्रिय भलिबल महासंघ (एफआईभीभी) को सहयोगमा जान नेपाल आएका हुन् ।

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्यालेन्ज कप र एसियन गेम्सका लागि जानलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको हो । काभा महिला भलिबल च्यालेन्ज कप प्रतियोगिता आगामी जेठ ६ देखि १५ गतेसम्म आयोजना हुनेछ ।

चीनमा आयोजना हुने एसियन गेम्समा नेपालको महिला र पुरुष भलिबल टोलीले सहभागिता जनाउदैछ ।

६४ वर्षीय प्रशिक्षक जान निकै अनुभवी प्रशिक्षक हुन् । बेल्जियमका पूर्व राष्ट्रिय खेलाडी समेत रहेका जान डीले बेल्जियम र हंगेरीको राष्ट्रिय महिला टिम हेरिसकेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका