जोडिनुहोस
  • होमपेज
  • आज बिहीबार, यस्तो छ तपाईँको राशिफल

धार्मिक

आज बिहीबार, यस्तो छ तपाईँको राशिफल

  • Sagarmatha TV
  • बिहिबार, फाल्गुन २५, २०७९
आज बिहीबार, यस्तो छ तपाईँको राशिफल

मेष

मेष राशि भएकाहरूका आज समय राम्रो रहेको छ । व्यापार व्यवसायमा उन्नति प्रगति हुनेछ । आफन्तजनसँग सम्बन्धमा सुधार आउनेछ । नोकरीबाट मानसम्मान मिल्नेछ ।

वृष

वृष राशि भएकाहरूका लागि आज राम्रो छैन । आँटेको काममा बाधा अड्चन आउनेछ । नयाँ लगानीगर्दा घाटा व्यहोर्नु पर्ने हुनसक्छ । अनावश्यक खर्च बढ्ने छ । सवारी साधन चलाउँदा विचार पुर्याउनु होला ।

मिथुन

मिथुन राशि भएकाहरूका लागि आज खराब रहेको छ । शत्रुहरु बढ्नेछन् । मनमा उत्साह र उमङ्गको कमी हुनेछ । सरकारी काममा विलम्ब हुनेछ ।

कर्कट

कर्कट राशिका लागि आज समय शुभ छ । परिवारजनको साथ मिल्नेछ । अतिथिका रूपमा सम्मान पाइनेछ । मिष्ठान्न भोजन गर्न पाइनेछ । यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।

सिंह

सिंह राशि भएकाहरुका लागि आज राम्रो छैन । विभिन्न सङ्कट आउनेछ । सवारी साधन चलाउँदा विचार पुर्याउनु होला । लामो यात्रा गुर्नपर्ला । अनावश्यक खर्च हुने छ ।

कन्या

कन्या राशि भएकाहरूका लागि आज समय राम्रो रहनेछ । स्वास्थ्यमा सुधार हुनेछ । आम्दानी बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग पनि छ । मिष्ठान्न भोजनको प्राप्ति हुनेछ । धार्मिक, सामाजिक वा माङ्गलिक कर्ममा सहभागी भइने छ ।

तुला

तुला राशि भएकाहरूका लागि आज राम्रो छैन । पराक्रम र उत्साहमा कमी आउने छ । कृषिकर्म र व्यापारबाट आम्दानी पनि कम हुनेछ । आफन्तजनमा क्लेश हुनेछ ।

वृश्चिक

वृश्चिक राशि भएकाहरूका लागि आज शुभ रहेको छ । आम्दानी बढ्नेछ । आम्दानी नयाँ स्रोत हुनेछ । कामबाट सफलता मिल्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ ।

धनु

धनु राशिका लागि आज समय मध्यम खालको रहनेछ । प्रतिस्पर्धामा विजयी भइने छ । कार्यक्षेत्रमा अरुले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ । यात्राको सम्भावना रहेको छ ।

मकर

मकर राशि भएकाहरूका लागि आज समय राम्रो छैन । स्वास्थ्यमा समस्या आउन सक्छ । यात्रामा पनि झण्झट आइलाग्नेछ । बोल्दा निकै विचार पुर्याउनुहोला । स्वस्थ्यमा समस्या आउन सक्छ ।

कुम्भ

कुम्भ राशिका लागि आज भने समय शुभ छैन । मानसिक तनाव बढ्नेछ । इष्टमित्रबाट तिरस्कृत, अपमानित हुनुपर्ने अवस्था आइपर्न सक्छ । काम बिग्रने संभावना छ । अनावश्यक खर्च बढ्नेछ ।

मीन

मीन राशि भएकाहरूका लागि आज समय राम्रो छ । स्वास्थ्य अवस्था राम्रो रहने छ । पारिवारिक सुख मिल्नेछ । अध्ययन–अध्यापनमा प्रगतिको मिल्नेछ । धार्मिक यात्रा फलदायी हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका