जोडिनुहोस
  • होमपेज
  • लिग २ः नेपाल बिहीबार पिएनजीसँग खेल्दै

लिग २ः नेपाल बिहीबार पिएनजीसँग खेल्दै

काठमाडौँ— आइसिसी क्रिकेट विश्वकप लिग—२ अन्तर्गत त्रिकोणात्मक ओडिआई सिरिजमा बिहीबार नेपालले पपुवा न्युगिनी (पिएनजी) सँग खेल्ने भएको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ बजे शुरु हुने खेलमा सिरिज जित्दै शीर्ष तीनमा उक्लिएर नेपाल सीधै विश्वकप छनोट खेल्ने लक्ष्यका साथ उत्रनेछ।

घरेलु मैदानमा हुने यो शृंखलाका चारै खेल जितेमा नेपालले आगामी जुनजुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट सीधै खेल्न पाउनेछ। नेपाल एक खेलमा पराजित भएमा भने प्लेअफ क्वालिफायर खेल्नु पर्नेछ।

तेस्रो स्थानका लागि नेपाल र युएईले नामिबियालाई पछि पार्न सक्ने देखिएको छ। नेपालले सबै खेल जितेमा नेपालको ४० अंक हुनेछ। ४० अंक हुँदा नेपालले शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्नेछ।

शीर्ष तीनमा पर्न नसके नेपालले यसै महिना अन्तिममा नामिबियामा हुने ६ देश सम्मिलित प्लेअफ क्वालिफायरमा शीर्ष २ मा स्थान बनाउनु पर्ने हुन्छ। ​प्लेअफ क्वालिफायरको शीर्ष २ मा पनि पर्न नसके नेपालको विश्वकप छनोट खेल्ने सम्भावना समाप्त हुनेछ।

नेपाली टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईको आगमनपछि नेपाली टोली फेरि लयमा फर्किएको छ। प्रदर्शन र मनोबल दुवैमा सुदृढ देखिएको छ।

युएईलाई पनि ओडिआई मान्यता जोगाउन ४ मध्ये ३ खेल जित्नुपर्ने दबाब छ।

सिरिजअघि बुधबार आयोजित पत्रकार सम्मेलनमा कप्तान रोहित पौडेलले ब्याटिङ र बलिङ दुवैलाई सशक्त बनाएर सिरिज ‘क्लिन स्विप’ गर्ने गरी खेल्ने बताएका छन्। मुख्य प्रशिक्षक मोन्टी देसाईले पनि पूरै सोच र शक्ति बिहीबारको खेलमा लगाउने बताएका छन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका