जोडिनुहोस
  • होमपेज
  • बायर्न च्याम्पियन्स लिगको क्वाटरफाइनलमा, पिएसजी बाहिरियो

बायर्न च्याम्पियन्स लिगको क्वाटरफाइनलमा, पिएसजी बाहिरियो

च्याम्पियन्स लिग फुटबल अन्तर्गत जर्मन महारथी बायर्न म्युनिख क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

गएराति सम्पन्न अन्तिम १६ को दोस्रो लेगमा फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई २–० गोलले पराजित गर्दै समग्रमा ३–० को नतिजासहित बार्यनले अन्तिम ८ को यात्रा तय गरेको हो ।

खेलमा बायर्नका थोमस मुलर म्यान अफ द म्याच घोषित भए ।

बायर्नलाई घरेलु मैदानमा जित दिलाउन एरिक चुपो मोटिङले ६१ औं तथा सर्ज गनाब्रीले ८९ औं मिनेटमा गोल गरे ।

यो नतिजासँगै पिएसजीको यो सिजनको च्याम्पियन्स लिग यात्रा अन्तिम १६ बाट पूर्णविराम लागेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका