जोडिनुहोस
  • होमपेज
  • काठमाडौँ साँखुमा टिपरको ठक्करबाट दुई वटा मोटरसाइकलका चालकको मृत्यु, एक जना घाइते

काठमाडौँ साँखुमा टिपरको ठक्करबाट दुई वटा मोटरसाइकलका चालकको मृत्यु, एक जना घाइते

काठमाडौँ— काठमाडौँ साँखुमा भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ । शङ्खरापुर नगरपालिका–९ इन्द्रेणी चोकमा हिजो बेलुका टिपरले ठक्कर दिँदा दुई वटा मोटरसाइकलका चालकको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

दुर्घटनामा बा ९४ प ४४९८ नम्बरको मोटरसाइकलका चालक साँखुका ५० वर्षका पवनलाल श्रेष्ठ र बा ८२ प ८३५७ नम्बरको मोटरसाइकल चालक शङ्खरापुर–९ घर भएका २२ वर्षका हरि खड्काको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका नेवा पत्रकार कोषका सहकोषाध्यक्ष पवनलाल श्रेष्ठको उपचारका क्रममा नेपाल मेडिकल कलेज अत्तरखेलमा र खड्काको शङ्खरापुर अस्पतालमा ज्यान गएको हो । बा ८२ प ८३५७ नम्बरको मोटरसाइकलमा पछाडि रहेकी शङ्खरापुरकै २० वर्षकी पुनम श्रेष्ठ घाइते हुनुभएको छ ।

उहाँको ग्राण्डी अस्पताल टोखामा उपचार भइरहेको छ । ठक्कर दिने बा ५ ख २४१४ नम्बरको टिपरसहित चालकलाई पक्राउ गरिएको बौद्ध प्रहरीले जनाएको छ ।

अन्तिम अपडेटस् फागुन २५, २०७९

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका