जोडिनुहोस
  • होमपेज
  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजबाट नियमित रात्रिकालीन उडान

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजबाट नियमित रात्रिकालीन उडान

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले बिहीबारदेखि नियमित रात्रिकालीन उडान गर्ने भएको छ । विमानस्थलले पहिलो दिन काठमाडौं, भैरहवा, नेपालगन्ज र भद्रपुरबाट रात्रिकालीन उडान भरेर जहाज पोखरा विमानस्थलमा अवतरण गर्ने विमानस्थलका प्रमुख विक्रम गौतमले जानकारी दिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)सँग सेड्युल पास गराएर बुद्धले पोखरा विमानस्थलबाट व्यावसायिक रूपमा पहिलो पटक रात्रिकालीन उडान सुरु गर्न लागेको हो । पोखराबाट ४ सहरमा रात्रिकालीन उडान गर्ने गरी सम्पूर्ण तयारी पूरा भएको बुद्ध एयरका मार्केटिङ डाइरेक्टर रूपेश जोशीले बताए ।

काठमाडौंबाट २ जहाज बिहीबार राति ९ बजेभित्र पोखरा आइपुग्ने छन् । काठमाडौंबाट पहिलो जहाज राति ७ः३५ बजे पोखराका लागि उडान भर्ने छ।

भद्रपुर, नेपालगन्ज र भैरहवाबाट राति ८ बजेभित्र पोखरा विमानस्थलमा जहाज आएर राति यही बस्ने छ। पोखरा विमानस्थलका प्रमुख गौतमले बुद्धले बिहीबारदेखि रात्रिकालीन सेड्युल फ्लाइट गर्ने बताए ।

विमानस्थलमा बिहान ६ बजेदेखि राति १२ बजेसम्म जहाज उडान भर्न सक्ने गरी तयारी अवस्थामा रहेको विमानस्थलका प्रमुख गौतमले जनाए । जहाज उडानको चाप कम भएकोले आवश्यकताअनुसार बढाउने गरी अहिलेलाई भने राति ९ बजेसम्म उडान हुने विमानस्थलले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका