जोडिनुहोस
  • होमपेज
  • माइखोलाको आईपीओ बिक्री खुला

देश

माइखोलाको आईपीओ बिक्री खुला

  • Sagarmatha TV
  • बिहिबार, फाल्गुन २५, २०७९
माइखोलाको आईपीओ बिक्री खुला

काठमाडौँ । माइखोला हाइड्रोपावरले आजदेखि आयोजना प्रभावित स्थानीयवासिन्दाका लागि साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयकासँगै वैदेशिक रोजगारीमा गएकाहरुका लागि आईपीओ बिक्री खुलाएको हो ।

हाइड्रोपावरले जारी पूँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँको १० प्रतिशत सेयर आयोजना प्रभावितका लागि छुट्याएको छ । यसअनुसार ३ लाख ९२ हजार १५७ कित्ता सेयरमा स्थानीयले आवेदन दिन पाउनेछन् ।

यस्तै, वैदेशिक रोजगारीमा गएकाहरुका लागि १ लाख ४२ हजार ९४१ कित्ता सेयर छुट्याइएको कम्पनीले जानकारी दिएको छ । सेयरको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । सेयरमा चैत ९ गतेभित्र आवेदन दिइसक्नुपर्ने छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका