जोडिनुहोस
  • होमपेज
  • ‘ए’ डिभिजन लिग : दुई खेल हुँदै

देश

‘ए’ डिभिजन लिग : दुई खेल हुँदै

  • Sagarmatha TV
  • बिहिबार, फाल्गुन २५, २०७९
‘ए’ डिभिजन लिग : दुई खेल हुँदै

काठमाडौं । नयाँ सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज बिहीबार दुई खेलहरु हुँदैछन् । दोस्रो चरणको लिग अन्तर्गत बिहीबार दुई खेलहरु हुनेछ । जसमा एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्स मैदानमा हुनेछ ।

एन्फा कम्प्लेक्समा हुने खेलमा न्युरोड टिम (एनआरटी) र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । एनआरटी र जावलाखेलबीचको खेल दिउँसो २:३० बजे सुरु हुनेछ ।

एनआरटी पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा एनआरटीलाई सातदोबाटो युथ क्लबले हराएको थियो । जावलाखेल लगातार दोस्रो जितको खोजीमा हुनेछ । जावलाखेलले पहिलो खेलमा मछिन्द्र फुटबल क्लबलाई हराएको थियो ।

च्यासल मैदानमा हुने खेलमा त्रिभुवन आर्मी क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । आर्मी र मछिन्द्रबीचको खेल दिउँसो २:३० बजे सुरु हुनेछ ।

आर्मी पहिलो जितको योजनामा रहेको छ । आर्मीले पहिलो खेलमा संकटा क्लबसँग बराबरी खेलेको थियो । मछिन्द्र भने पहिलो अंकको खोजीमा रहेको छ । मछिन्द्रलाई पहिलो खेलमा जावलाखेलले हराएको थियो ।

तीन मैदानमा जारी यस सिजनको शीर्ष डिभिजनको लिग डबल राउण्ड रोबिनको आधारमा भईरहेको छ । लिग यस पटक दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदानमा हुनेछ । यस पटकको लिगमा कुल १ सय ८२ खेल हुनेछ ।

यस पटकको लिग विजेताले ७५ लाख , दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् । फेयर प्ले टोलीले ३ लाख पाउने छन् ।

मोस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउने छन् ।

प्रत्येक खेलको विजेता क्लबले म्याच मनीवापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । बराबरी भएका दुई क्लबबीच रकम बराबर बाँडिनेछ । हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका