जोडिनुहोस
  • होमपेज
  • लगातार तेस्रो दिन घट्यो सुनको मूल्य

लगातार तेस्रो दिन घट्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा लगातार तेस्रो दिन सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारदेखि निरन्तर सुनको मूल्य घटिरहेको छ । नेपाली बजारमा सुनको मूल्य आज ५०० रुपैयाँ प्रतितोलाले घटेको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ५ सय रुपैयाँ कायम छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १ हजार ५०० र तेजाबी सुनको मूल्य १ लाख १ हजार रुपैयाँ थियो ।

यस्तै, मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ५०० रुपैयाँ थियो । उक्त दिन ३०० ले घटेर सुनको कारोबार सुरु भएको थियो । त्यसयता २ दिनमा गरी सुनको मूल्यमा कूल १५ सय रुपैयाँको गिरावट आइसकेको छ । यस्तै, पल्लो समय चाँदीको मूल्य समेत घटिरहेको छ । आज चाँदीको मूल्य ५ रुपैयाँले घटेर १ हजार २२० रुपैयाँ कायम छ । हिजो बुधबार यसको मूल्य तोलामा १ हजार २२५ रुपैयाँ कायम थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका