जोडिनुहोस
  • होमपेज
  • पीएसजीलाई हराउँदै बायर्न क्वाटरफाइनलमा

पीएसजीलाई हराउँदै बायर्न क्वाटरफाइनलमा

काठमाडौं । जर्मन क्लब बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई दोस्रो लेगमा २-० गोल अन्तरले हराउँदै समग्रमा ३-० को जितसहित बायर्न अन्तिम आठमा पुगेको हो ।

राउण्ड अफ १६ अन्तर्गतको पहिलो लेगमा बायर्न १-० ले विजयी भएको थियो । बायर्नको जितमा एरिक म्याक्सिम मोटीङ र सेर्जी जिनाब्रीले एक एक गोल गरे ।

खेलको ६१ औं मिनेटमा मोटीङले गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८९ औं मिनेटमा जिनाब्रीले गोल गर्दै बायर्नलाई २-० को जित दिलाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका