जोडिनुहोस
  • होमपेज
  • चितवनको सौराहामा लगानगाँठो कस्दै सुरक्षा र मानव

चितवनको सौराहामा लगानगाँठो कस्दै सुरक्षा र मानव

काठमाडौँ । अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदी आज विवाह बन्धनमा बाँधिदैछन् । चितवनको सौराहामा उनीहरुको बैवाहिक समारोह आयोजना गरिएको छ । उनीहरुको विवाहमा सिमित फिल्मकर्मी साथीभाई र आफन्त निम्त्याइएको छ ।

दुबैले विगत ६ वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्न लागेका हुन् । केही अगाडि विवाह गर्ने सार्वजनिक गरेका दुबैले बुधबार इन्गेजमेन्ट गरेका थिए । जसको तस्बिर सामाजिक सञ्जालबाट सार्वजनिक भएको थियो ।

सुरक्षाले आमा, गोपी, अझैपनि, रोमियो, चङ्गाचेट लगायत थुप्रै फिल्म अभिनय गरेकी छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका