जोडिनुहोस
  • होमपेज
  • पीएनजीमाथि नेपालको सानदार जित

खेलकुद

पीएनजीमाथि नेपालको सानदार जित

  • Sagarmatha TV
  • बिहिबार, फाल्गुन २५, २०७९
पीएनजीमाथि नेपालको सानदार जित

काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टोली नेपालले जित निकालेको छ ।कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहीबार पपुवा न्यु गिनी (पीएनजी) लाई ५२ रनले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो ।

नेपालले दिएको २ सय ९८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पीएनजी ४७ ओभर १ बलमा अलआउट हुँदै २ सय ४५ रन मात्र बनाउन सक्यो । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर १ बलमा अलआउट भएर २ सय ९७ रन बनाएको थियो ।

नेपालले एकदिवसीय अन्तराष्ट्रिय खेलमा बनाएको यो सर्वाधिक ठूलो योगफल हो । गत वर्ष नेपालले पीएनजीविरुद्ध नै २ सय ७८ रन बनाएको थियो । यो नै नेपालले पहिलो ईनिङमा बनाएको सर्वाधिक ठूलो योगफल थियो ।

नेपालका लागि ओपनर आसिफ शेखले १ सय १० बलमा १ सय १० रन बनाए । उनले एकदिवसीय अन्तराष्ट्रियमा पहिलो शतक प्रहार गरेका हुन् । अर्का ओपनर कुशल भुर्तेलले ४५ रन बनाए । यि दुई बीच १ सय १० रनको साझेदारी भएको थियो ।

भीम सार्की ४४ रन बनाउँदा कप्तान रोहित पौडेलले ३० रन बनाए । आरिफ शेख १५ रनमा आउट हुँदा ज्ञानेन्द्र मल्लले ११ रन बनाए । करण केसीले ८ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले ७ रन बनाए ।

यसै खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर ब्याटर एकदिवसीय अन्तराष्ट्रियमा १ हजार रन पुर्याएका छन् । एकदिवसीय अन्तराष्ट्रियमा १ हजार रन पूरा गर्ने आसिफ दोस्रो नेपाली खेलाडी हुन् ।

यस अघि कप्तान रोहित कुमार पौडेलले १ हजार रन बनाएका थिए ।आसिफले नेपालका लागि ३२ एकदिवसीय अन्तराष्ट्रिय खेलेका छन् । एकदिवसीय अन्तराष्ट्रियमा ८ अर्धशतक प्रहार गरेका छन् ।

सेप्टेम्बर ७, २०२१ मा उनले नेपालका लागि डेब्यु गरेका थिए । पीएनजीका लागि सिमो कमाय ५ तथा राईली हेरुकेले ३ विकेट लिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका