जोडिनुहोस
  • होमपेज
  • राष्ट्रपतिको निर्वाचनमा नेम्वाङको खर्च साढे १६ हजार

राष्ट्रपतिको निर्वाचनमा नेम्वाङको खर्च साढे १६ हजार

काठमाडौं । राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङले निर्वाचनका क्रममा १६ हजार ५०० खर्च भएको विवरण निर्वाचन आयोगका बुझाएका छन् ।

शुक्रबार आयोगका अधिकारीहरुलाई नेम्वाङले बुझाएको खर्च विवरणमा मतदाताहरुलाई एसएमएस गर्दा १० हजार खर्च भएको र मसलन्दमा ६ हजार ५०० रुपैयाँ खर्च भएको उल्लेख छ ।

नेम्वाङको खर्च विवरण राष्ट्रपतिका उम्मेदवार नेम्वाङका निर्वाचन प्रतिनिधि महेशकुमार बर्तौलाले निर्वाचन अधिकृत महेश शर्मालाई बुझाएका हुन् । हिजो बिहीबार भएको राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल विजयी भएका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका