जोडिनुहोस
  • होमपेज
  • पीएनजीसँग फेरी हार्यो युएई

देश

पीएनजीसँग फेरी हार्यो युएई

  • Sagarmatha TV
  • शुक्रबार, फाल्गुन २६, २०७९
पीएनजीसँग फेरी हार्यो युएई

काठमाडौं । आईसीसी विश्वकप लिग टूको अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत पपुवा न्यु गिनी(पीएनजी) ले यूएईलाई पराजित गरेको छ ।

यो हारसँगै युएईको लिग टू को शीर्ष ३ मा रहेर सिधा विश्वकप छनोट हुने सम्भावना पनि समाप्त भएको छ । विश्वकप छनोटका लागि युएईले छनोट प्लेअफ खेल्ने छ ।

युएईले एकदिवसीय मान्यता जोगाउन समेत बाँकी रहेका सबै ३ खेल जित्नुपर्ने छ । कीर्तिपुरस्थित टियु मैदानमा पीएनजीले ५६ रनको जित हात पारेको छ ।

पीएनजीले दिएको २ सय ४७ रनको लक्ष्य पछ्याएको युएईले ४२ ओभर २ बलमा मात्र १ सय ९० रनमा अलआउट भयो।

युएईका लागि आर्यान लाक्राले ५१ रनको अर्धशतकीय ईनिङ खेले । ओपनर तथा कप्तान मुहम्मद वासिमले ४१ रन बनाउँदा जावर फरिद र सीपी रिजवानले समान १९/१९ रन बनाए ।

पीएनजीका लागि राईली हेकुरेले ३ तथा असद भाला र कबुवा मोरियाले समान २/२ विकेट लिए । सिमो कमिया र नर्मन भानुवाले समान १/१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको पीएनजीले ५० ओभरमा ९ विकेटमा २ सय ४६ रन बनाएको छ । पीएनजीका लागि सेसे बाउ,किप्लीन डोरिगा तथा हिरी हिरीले अर्धशतक बनाए ।

सेसे बाउले १ सय ६ बल १० चौकाको सहयोगमा ८१ रन बनाए । हिरि हिरिले ८५ बलमा ५ चौका र ४ छक्काको सहयोगमा ७७ रन बनाए ।किप्लीन डोरिगाले ४४ बलमा ८ चौका र २ छक्काको सहयोगमा ५५ रन बनाए

युएईका लागि आयान खानले ३ जुनेद सिद्धिकी र जाहोर खानले समान २/२ विकेट लिए । कार्तिक मैयप्पन र रोहन मुस्ताफाले समान १/१ विकेट लिए ।

१ सय ९५ रनमा ४ विकेट मात्र गुमाएको पीएनजीले थप ५१ रन बनाउँदा ५ विकेट गुमाएको थियो । अन्तिम ५ ओभरमा ४ विकेट गुमाएको पीएनजीले ३१ रन मात्र बनाएको थियो ।

विश्वकप लिग टू का ५ खेलमा पीएनजीले युएईलाई ४ पटक पराजित गरेको छ । पीएनजी जितसँगै सात देश सम्मिलित विश्वकप लिग टूमा ३४ खेलमा ११ अंक जोडेर अंक तालिकाको पुछारमा रहेको छ ।

हार पछि युएई ३३ खेलमा ३१ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका