जोडिनुहोस
  • होमपेज
  • साताको सेयर बजार : ३३ अंकले नेप्से बढ्दा ४ अर्बको कारोबार

साताको सेयर बजार : ३३ अंकले नेप्से बढ्दा ४ अर्बको कारोबार

काठमाडौँ । लामो समयको अन्तरालपछि यो साता सेयर बजारमा केही सहज देखिएको छ । फागुन २१ गते आइतबारदेखि फागुन २५ गते (बिहीबार) सम्म जम्मा तीन दिन खुलेको बजारमा ३३ अंक माथिले नेप्से वृद्धि भएको हो । यद्यपि, फागुन २२ गते होली र फागुन २४ गते अन्तर्राष्ट्रिय नारी दिवस परेकाले सार्वजनिक विदा हुँदा सेयर बजार खुल्न सकेन । आइतबार, मंगलबार र बिहीबार तीन दिन खुलेको बजारमा ३३.६८ अंकले नेप्से प्लस हुँदै २ हजार २.७० अंकको विन्दुमा उक्लिएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार अघिल्लो साताको अन्तिम कारोबार दिन बिहीबार अर्थात् फागुन १८ गते नेप्से सूचक २६.४७ अंकले घट्दै १९ सय ६९.०३ अंकको विन्दुमा झरेको थियो । फागुन २१ गते (मार्च ५ मा) साताको पहिलो दिन नै खुलेको बजारमा नेप्सेमा ३०.७७ अंकको गिरावट आयो । त्यसपछिका दुई कारोबार दिन, फागुन २३ र २५ गते भने नेप्सेमा भारी अंकले वृद्धि भएको छ ।

फागुन २३ गते मंगलबार १४.४१ अंकले नेप्से बढ्दै गर्दा फागुन २५ गते एकैदिन ५०.०४ अंकले नेप्से बढेर २ हजार २.७० अंकको विन्दुमा उक्लिएको हो । अघिल्लो साता यस्तो सूचक ४७ अंकले घट्दै २ हजार २२.६४ अंकको विन्दुमा अडिएको थियो ।

४ अर्बको कारोबार

यद्यपि, यस साता सेयर कारोबारमा भने केहीँ संकुचन आएको छ । नेप्से सूचकमा ३३.६८ अंकको वृद्धि हुँदाहुँदै पनि यता कारोबार रकम भने ४ अर्ब ७ करोड १४ लाख ५६ हजार ५८६ रुपैयाँ बराबरको मात्र सेयर कारोबार हुन पुगेको छ । अघिल्लो साता ४७ अंक माथिले नेप्से सूचक घट्दै गर्दा ७ अर्ब ११ करोड ७ लाख ३७ हजार ४१० रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । यद्यपि, यस साता तीन दिन मात्र सेयर बजार खुलेका कारणले पनि कारोबारमा कमी देखिन गएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका