जोडिनुहोस
  • होमपेज
  • के जाम नगरी सवारी चल्दैन र ?

समाचार

के जाम नगरी सवारी चल्दैन र ?

  • Sagarmatha TV
  • शनिबार, फाल्गुन २७, २०७९
के जाम नगरी सवारी चल्दैन र ?

काठमाडौं । गणतन्त्रका सेरमोनियल राष्ट्रपतिबाट नेपाली जनताले खासै अपेक्षा राखेका छैनन् । उनीहरूको एउटै अपेक्षा छ–सवारीका समयमा कम्तीमा सडकमा लामो समय रोकिन नपरोस् । विभिन्न महत्वपूर्ण काम बोकेर हिँडेको समयमा घन्टौं जाममा बस्नुपर्ने बाध्यताले आजित उनीहरूको माग जायज पनि हो ।

यही माग बुझेरै होला राष्ट्रपति निर्वाचित भएलगत्तै बिहीबार साँझ उनले सडक अवरोध नहुने बताएका थिए । ‘अब त्यो जाम हुँदैन’, पत्रकारको प्रश्नमा उनले भनेका थिए, ‘गणतन्त्रको राष्ट्रपति र राजतन्त्रको राष्ट्राध्यक्षमा कस्तो फरक हुन्छ त्यो म देखाउँछु ।’

विगतका राष्ट्रपतिको सवारीमा धेरै सास्ती बोकेकाहरू वर्तमान राष्ट्रपतिको भनाइबाट दंग थिए । केही समयअगाडि राष्ट्रपति विद्या भण्डारीले टेलिभिजन अन्तर्वार्तामा ‘अन्य जाम नदेखेर आफ्नो यात्रामा मात्र जाम देखेको’ भन्दै असन्तुष्टि पोखेकी थिइन् ।

विगतका राष्ट्रपतिले यस्तो भन्दै गर्दा नयाँ राष्ट्रपतिको भनाइ धेरैले तारिफ पनि गरे । त्यसैले होला पौडेलको जवाफ रातीदेखि नै विभिन्न सामाजिक सञ्जालमा भाइरल बन्न पुग्यो । राष्ट्रपतिको भन्दा पनि उनले सडक जाम नगराउने बाचाको धेरैले स्वागत गरेका थिए । ‘मलाई उनका बारेमा अरू केही थाहा छैन’, सामाजिक सञ्जालमा नरेश कार्कीले बिहीबार साँझ नै प्रतिक्रिया दिए, ‘मैले खोजेको राष्ट्रपति बल्ल पाएँ ।’

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका