जोडिनुहोस
  • होमपेज
  • गठबन्धनको बैठक बस्दै,उपराष्ट्रपतिबारे निर्णय गर्न

गठबन्धनको बैठक बस्दै,उपराष्ट्रपतिबारे निर्णय गर्न

काठमाडौं । उपराष्ट्रपतिबारे निर्णय गर्न आठ दलीय सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । बैठक आज बिहान साढे ८ बजे बस्ने छ ।

सिंहदरबारमा बस्ने बैठकमा शीर्ष नेतासहित कार्यदलको बैठक बस्ने नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक प्रकाश ज्वालाले जानकारी दिएका छन् ।

जनता समाजवादी पार्टीले रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । यस्तै जनमत पार्टीले पनि ममता झालाई उपराष्ट्रपतिमा उठाउने निर्णय गरेको छ । यस्तै नागरिक उन्मक्ति पार्टीले अध्यक्ष रञ्जिता चौधरीलाई उपराष्ट्रपतिमा उठाउने निर्णय गरेको छ ।

तर उपराष्ट्रपतिको उम्मेदवार बन्नका लागि ४५ बर्ष उमेर पुगेको हुनुपर्ने व्यवस्था छ । चौधरीको उमेर ३९ बर्ष मात्र रहेकाले उपराष्ट्रपतिका लागि उनका उमेर वाधक देखिएको छ । यता जसपाले उपराष्ट्रपति आफूहरुलाई दिन सत्ता गठबन्धनमा सहमति भएको दावी गरे पनि सत्तारुढ अन्य दलहरुले भने उपराष्ट्रपति कसलाई दिने भन्नेबारे निर्णय भइनसकेको जनाएका छन् ।

निर्वाचन आयोगले उपराष्ट्रपतिमा पुरुष बन्न नपाउने निर्णय गरेपछि गठबन्धन अन्योलमा परेको छ । उपराष्ट्रपति निर्वाचन अन्तर्गत आज उम्मेदवार मनोनयनको कार्यतालिका छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका