जोडिनुहोस
  • होमपेज
  • भारत अष्ट्रेलियाको लागि प्रमुख सुरक्षा साझेदारः अष्ट्रलियाका प्रधानमन्त्री अल्बानीज

भारत अष्ट्रेलियाको लागि प्रमुख सुरक्षा साझेदारः अष्ट्रलियाका प्रधानमन्त्री अल्बानीज

मुम्बई— अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले भारत अष्ट्रेलियाको लागि प्रमुख सुरक्षा साझेदार भएको बताएका छन् । भारत भ्रमणको क्रममा उनले भारत प्रशान्त र बाहिर दुवैतर्फ अष्ट्रेलियाको दृष्टिकोणको मुटुमा राख्ने आफ्नो सरकारको प्रतिबद्धता झल्काउँछ।

उनले भने, ‘अष्ट्रेलियाका लागि, भारत एक उच्च–स्तरीय सुरक्षा साझेदार हो। हिन्द महासागर दुवै देशको सुरक्षा र समृद्धिको केन्द्रबिन्दु हो। र हाम्रो देशको इतिहासमा यस्तो बलियो रणनीतिक पङ्क्तिबद्धता भएको कहिल्यै भएको छैन। अष्टे«लिया र भारत सम्बन्ध अझ प्रगाढ भएको छ र क्वाड नेताहरूको बैठकमा प्रधानमन्त्री मोदीको उपस्थितिले अझ बलियो बन्नेछ’ ।

उनले अष्ट्रेलियाले पहिलो पटक एक्सरसाइज मालाबार आयोजना गर्ने घोषणा पनि गरे। उनले अगस्टमा पहिलो पटक अष्ट्रेलियाको ‘तालिजमान साब्रे’ अभ्यासमा पनि भारतले भाग लिने बताए । अगस्टमा अष्ट्रेलियामा भारतीय नौसेनालाई स्वागत गर्न पाउनु खुसीको कुरा भएको बताए । ।

भारतको नौसेनाका प्रतिभाशाली र उच्च पेशेवर पुरुष र महिलाहरूसँग भेट्न पाउँदा ठूलो आनन्द लागेको बताए । उनको आईएनएस विक्रान्त भ्रमण भारत र अष्ट्रेलियाबीचको मित्रताको ७५ वर्षको पुगेको अवसरमा हुँदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका