जोडिनुहोस
  • होमपेज
  • बार्सिलोनामाथि भ्रष्टाचारको आरोप

बार्सिलोनामाथि भ्रष्टाचारको आरोप

काठमाडौं । भ्रष्टाचारको आरोप लागेपछि स्पेनिस क्लब बार्सिलोनाले कारबाहीको सामना गर्नुपर्ने भएको छ ।

बार्सिलोनामाथि रेफ्री समितिका पूर्व उपाध्यक्ष जोसे मारिया एनरिकेज नेग्रेरालाई गरेको भुक्तानीमा भ्रष्टाचार गरेको आरोप लागेको छ ।

गत महिना बार्सिलोनाले रेफ्री समितिका पूर्व उपाध्यक्ष जोसे मारिया र उनको स्वामित्वमा रहेको कम्पनिलाई ८.४ मिलियन युरो भुक्तानी गरेको खुलासा भएको थियो । बार्सिलोनाले २००१ देखि २०१८ को बीचमा उक्त भुक्तानी गरेको थियो ।

बार्सिलोनाको सरकारी वकिलको कार्यालयले उक्त भुक्तानीविरुद्ध मुद्दा डायर गरेको थियो । र, बार्सिलोनाको एक अदालतले शुक्रबार भ्रष्टाचार, विश्वासको उल्लङ्घन र झुटो व्यापार रेकर्डको आरोपमा दोषी ठहर गरेको छ ।

ला लिगाका प्रमुख कार्यकारी जाभियर टेबासले गत महिना भनेका थिए कि बार्सिलोनाका वर्तमान अध्यक्ष जोन लापोर्टाले भुक्तानीबारे ब्याख्या गर्न असमर्थ भएमा राजीनामा दिनुपर्छ ।

लापोर्टाले भने आफ्नो क्लबले कहिल्यै रेफ्रीहरू नकिनेको बताएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका