जोडिनुहोस
  • होमपेज
  • ‘ए’ डिभिजन लिग : तीन खेल हुँदै

‘ए’ डिभिजन लिग : तीन खेल हुँदै

काठमाडौं । नयाँ सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज शनिबार तीन खेलहरु हुँदैछन् ।

लिगको तेस्रो चरण अन्तर्गत शनिबार तीन खेलहरु हुनेछन् । जसमा दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ ।

च्यासलमा हुने खेलमा नेपाल पुलिस क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । पुलिस र संकटाबीचको खेल दिउँसो २:३० बजे सुरु हुनेछ ।

पुलिस पहिलो जितको खोजीमा हुनेछ । पुलिसले २ खेलमा अंक जोड्न सकेको छैन र १३ स्थानमा रहेको छ ।

संकटा पनि पहिलो जितको खोजीमा रहेको छ । संकटा २ खेलमा १ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

यस्तै दशरथ रंगशालामा हुने पहिलो खेलमा एपीएफ क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । एपीएफ र जावलाखेलबीचको खेल दिउँसो २:३० बजे सुरु हुनेछ ।

एपीएफ आज दोस्रो जित निकाल्ने योजनामा रहेको छ । एपीएफ २ खेलमा ३ अंक जोडेर आठौं स्थानमा रहेको छ।

जावलाखेल लगातार तेस्रो जितको खोजीमा रहेको छ । दुई खेलमा अपराजित जावलाखेल ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

रंगशालामा हुने अर्को खेलमा फ्रेन्ड्स क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । फ्रेन्ड्स र सातदोबाटोबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ ।

फ्रेन्ड्स पहिलो जितको खोजीमा रहेको छ । फ्रेन्ड्स २ खेलमा १ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।

सातदोबाटो लगातार तेस्रो जित निकाल्ने योजनामा छ । सातदोबाटो २ खेलमा ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका