जोडिनुहोस
  • होमपेज
  • आजबाट बैंकमा पैसा जम्मा नगर्न मउवासंघको आग्रह

आजबाट बैंकमा पैसा जम्मा नगर्न मउवासंघको आग्रह

मकवानपुर—मकवानपुर उद्योग वाणिज्य संघ (मउवासंघ)ले बैंकको चर्को व्याजदर र ज्यादती विरुद्धको आन्दोलनलाई सहयोग गर्न आज आइतबारबाट बैंकमा नगद पैसा जम्मा नगर्न सबैमा आग्रह गरेको छ ।

संघले एक सूचना जारी गर्दै आफ्ना व्यवसायीहरुलाई आज आइतबारदेखि बैंकमा पैसा जम्मा नगर्न आग्रह गरेको हो ।

बैंकको चर्को व्याजदरविरुद्ध संघ र संघमा आवद्ध वस्तुगत संघ, निर्माण व्यवसायी संघ, नारायणी यातायात व्यवसायी संघ, होटल एशोसिएसन मकवानपुर लगायत विभिन्न व्यवसायीक संघहरुले हेटौंडामा चरणबद्ध आन्दोलन गरिरहेका छन् ।

आज आइतबार नगद जम्मा नगर्ने, सोमबारबाट सम्पूर्ण बैंकिङ कारोबार बन्द गराउने र ३० गतेदेखी शान्तिपूर्ण रुपमा बैंक बन्द गराउने संघको कार्यक्रम रहेको बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका