जोडिनुहोस
  • होमपेज
  • लेजेन्ड्स लिग क्रिकेटमा भारतको लगातार दोस्रो हार

लेजेन्ड्स लिग क्रिकेटमा भारतको लगातार दोस्रो हार

कतारमा जारी लेजेन्ड्स लिग क्रिकेटमा इण्डिया महाराजसले लगातार दोस्रो हार बेहोरेको छ । दोस्रो हार बेहोर्नेक्रममा इण्डिया गएराति सम्पन्न खेलमा वर्ल्ड जायन्ट्ससँग २ रनले पराजित भयो । ऊ पहिलो खेलमा एसिया लायन्सविरुद्ध ९ रनले पराजित भएको थियो । दोस्रो खेलमा वर्ल्ड जायन्ट्सले दिएको १ सय ६७ रनको लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन मात्र बनाउन सक्यो ।

उसका लागि कप्तान गौतम गम्भीरले अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन भने सकेनन् । उनले ४२ बलमा ९ चौका र एक छक्कासहित ६८ रन बनाए । अघिल्लो खेलमा पनि गम्भीरले अर्धशतकीय पारी खेलेका थिए ।त्यस्तै, रोबिन उथप्पाले २९, मोहम्मद कैफले अविजित २१, सुरेश रैनाले १९ र मुरली विजयले ११ रन जोडे । वर्ल्ड जायन्ट्सका लागि रिकार्डो पावेलले सर्वाधिक दुई विकेट लिए ।

त्यसअघि दोहास्थित वेस्ट एन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ रोजेको वर्ल्ड जायन्ट्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६६ रन बनायो । उसका लागि शेन वाट्सन र आरोन फिन्चले अर्धशतकीय पारी खेले । ३२ बलको सामना गरेका वाट्सनले ५ चौका र ३ छक्कासहित ५५ रन बनाए । फिन्चले ३१ बलमा ७ चौका र ३ छक्कासहित ५३ रनको पारी खेले ।

टिनो बेस्टले अविजित १३ रन जोडे । भारतका लागि हरभजन सिंहले २ ओभरमा १३ रन दिएर सर्वाधिक ४ विकेट लिए । त्यस्तै, प्रवीण ताम्बेले २ र इरफान पठानले एक विकेट लिए । जारी प्रतियोगितामा तीन टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । एसिया लायन्समा नेपाली टोलीका पूर्वकप्तान पारस खड्का पनि आवद्ध छन् । उनीसम्मिलित एसियाले दोस्रो खेलमा सोमबार वर्ल्ड जायन्ट्सको सामना गर्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका