जोडिनुहोस
  • होमपेज
  • ओखलढुंगाबाट काठमाडौं आउँदै गरेकाे बस सिन्धुलीमा दुर्घटना, ५ जनाको मृत्यु

ओखलढुंगाबाट काठमाडौं आउँदै गरेकाे बस सिन्धुलीमा दुर्घटना, ५ जनाको मृत्यु

काठमाडौं । सिन्धुलीमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । ओखलढुंगाबाट काठमाडौंका लागि छुटेको बा २ खा ६५९६ नम्बरको बस फिक्कल गाउँपालिका–४ मा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा २ महिला, २ पुरुष र १ बच्चा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी राजकुमार सिलवालले बताए ।

उनका अनुसार २४ जना घाइते भएका छन् । उनीहरूको उद्धार गरी प्राथमिक उपचारका लागि खुर्कोट लगिएको छ । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ । तीब्र गतिका कारण दुर्घटना भएकाे हुनसक्ने उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका