जोडिनुहोस
  • होमपेज
  • श्रीमानकाे कुटाइबाट श्रीमतीको मृत्यु

श्रीमानकाे कुटाइबाट श्रीमतीको मृत्यु

जुम्ला । जुम्लामा श्रीमानकाे कुटाइबाट श्रीमतीको मृत्यु भएको छ। तिला गाउँपालिका –४ नुवाकोटका ४७ वर्षीय आइते सार्कीले आफ्नै पत्नी २१ वर्षीय ममता नेपालीलाई कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी प्रल्हाद कार्कीका अनुसार मृतकको शव कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पोस्टमार्टमका लागि पठाइएको छ भने सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।

प्रारम्भिक बयानमा श्रीमान्‌ले कुटपिट गर्दा श्रीमती बेहोस हुन पुगेको बताएका छन्। प्रहरी निरीक्षक यामबहादुर बुढामगरले कुटपिट गरेर घाइते बनाएको र समयमै उपचार नहुँदा मृत्यु भएको जनाए।

प्रहरीलाई शनिबार दिउँसो २ बजेतिर खबर प्राप्त भएको थियो । प्रहरीका अनुसार शवको प्रकृति हेर्दाखेरी एक हप्ताअघि नै हत्या गरेर घरमा लुकाएर राखेको देखिन्छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका