जोडिनुहोस
  • होमपेज
  • ‘ए’ डिभिजन लिग : मनाङ र मछिन्द्रको बराबरी

‘ए’ डिभिजन लिग : मनाङ र मछिन्द्रको बराबरी

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङदी क्लब र मछिन्द्र फुटबल क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार भएको रोमान्चक खेलमा मनाङ र मछिन्द्रले गोलरहित बराबरी खेलेका हुन् ।

प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलको अवसर खेर फालेको थियो । खेलको दोस्रो मिनेटमा विमल घर्तीमगरको पासमा पुजन उपरकोटीले पेनाल्टी बक्स बाहिरबाट प्रहार गरेको बल मनाङका गोलकिपर तथा कप्तान दीप कार्कीले पञ्च गर्दै बचाए ।

खेलको सातौं मिनेटमा उत्सव राईको कमजोर क्लियरेन्सलाई मनाङका विसन गुरुङले नियन्त्रणमा लिदै गरेको प्रहारलाई मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले सहजै नियन्त्रणमा लिए ।

खेलको ३२ औं मिनेटमा मछिन्द्रका देबेन्द्र तामाङको फ्रिकिक मनाङका गोलकिपर दिपले सहजै रोके । ३८ औं मिनेटमा मछिन्द्रका रञ्‍जित धिमालको फ्रिकिकमा बिमल घर्तिमगरको हेडरले पोस्टको दिशा लिन सकेन ।

४१ औं मिनेटमा मछिन्द्रका रञ्‍जितको कर्नरमा बिमलको हेडर बाहिरिएको थियो । खेलको ७१ औं मिनेटमा मछिन्द्रका रञ्‍जितको डिबक्स नजिकैबाट प्रहार गरेको फ्रिकिक मनाङका गोलकिपर दिपले सहजै रोके।

७३ औं मिनेटमा मछिन्द्रका छिरिङ गुरुङको क्रसमा बिजय भुजेलको हेडर पासमा बिमलले बाहिर प्रहार गरे ।
खेलको ८१ औं मिनेटमा मछिन्द्रका सौरभ लिम्बुले पेनाल्टी बक्स भित्रबाट प्रहार गरेको बल पोस्ट नजिकैबाट बाहिरिएको थियो ।

९० औं मिनेटमा मछिन्द्रका ओमालाजा करिमले प्रहार गरेको बल मनाङका गोलकिपर दिप कार्कीले रोक्न नसकेको बल क्रसबारमा लाग्दै बाहिरिएको थियो ।

यस बराबरीसँगै कीर्तिमानी आठ पटकको च्याम्पियन मनाङले ३ खेलमा ५ अंक जोडेको छ। साविक विजेता मछिन्द्रले भने पहिलो अंक जोडेको छ। मछिन्द्रले ३ खेलमा १ अंक जोडेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका