जोडिनुहोस

खेलकुद

आर्सनलको सहज जित

  • Sagarmatha TV
  • सोमवार, फाल्गुन २९, २०७९
आर्सनलको सहज जित

इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनल विजयी भएको छ । आइतबार भएको खेलमा आर्सनलले फुलह्याममाथी ३–० गोल अन्तरको जीत दर्ता गरेको हो । जितसँगै आर्सनलले दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीलाई पुनः ५ अंकले पछि पारेको छ ।

आर्सनलले २७ खेलबाट ६६ अंक बनाउँदा सिटीको समान खेलबाट ६१ अंक रहेको छ । पराजित भएको फुलह्याम भने २७ खेलबाट ३९ अंकका साथ आठौं स्थानमा रहेको छ ।

आर्सनललाई जिताउनका लागि ग्याब्रिएल म्यागलीस, ग्याब्रिएल टेडोरो र मार्टिन ओडगार्डले एक एक गोल गरेका थिए । तिन गोलमै लियानार्दो टोसार्डले सहयोग गरे ।

२१ औं मिनेटमा ग्याब्रिएल म्यागलीसले गोल गर्दै अग्रता दिलाएका थिए । २६ औंमिनेटमा ग्याब्रिएल टेडोरोले गोल गर्दै अग्रता दोब्बर बनाए भने पहिलो हाफको अतिरिक्त दोस्रो मिनेटमा मार्टिन ओडगार्डले गोल गर्दै ३–० को अग्रता दिलाए । सोही अग्रता अन्तिमसम्म जोगाउँदै आर्सनलले स्पष्ट ३ अंक लिन सफल भयो ।

प्रिमियर लिग अन्तर्गत आइतबार नै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेड र साउथह्याम्पटनले गोलरहित बराबरी खेलेका छन् । बराबरीसँग तालिकामा १ अंक थप गरेको म्यानचेस्टर यनुाइटेडको २६ खेलबाट २५ अंक भएको छ र उ तालिकाको तेस्रो स्थानमा यथावत छ । यसैगरी साउथह्याम्पटन २६ खेलबाट २२ अंकका साथ पुछारमा रहेको छ ।

युनाइटेडका कासिमेरो रातो कार्ड पाउँदै मैदान छाड्दा १० खेलाडीमा समेटिएको थियो । त्यसको फाइदा भने साउथह्याम्पटनले उठाउन सकेन ।

यस्तै वेस्टह्याम युनाइटेड र एस्टोन भिल्लाले एक एक गोलको बराबरी खेल्दै एक एक अंक थप गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका