जोडिनुहोस
  • होमपेज
  • पाकिस्तानमा डाँकाहरूद्वारा प्रहरी चौकीमा आक्रमण, दुई प्रहरी अपहरण

पाकिस्तानमा डाँकाहरूद्वारा प्रहरी चौकीमा आक्रमण, दुई प्रहरी अपहरण

सिन्ध—पाकिस्तानको सिन्धको कन्धकोट तहसील नजिकैको दुर्रानी मेहरको कच्चा क्षेत्रमा शनिबार डाँकाहरूले प्रहरी चौकीमा आक्रमण गरेका छन् भने दुई प्रहरीलाई अपहरण गरेको, पाकिस्तानमा आधारित एआरवाई न्यूजले समाचार लेखेको छ ।

विवरण अनुसार दुर्रानी मेहरको कच्चा क्षेत्रमा रहेको प्रहरी चौकीमा डाँकाले आक्रमण गर्दा शनिबार दुई प्रहरी सज्जाद जाखरानी र गफ्फार अपहरणमा परेका थिए । सिन्ध मन्त्रिपरिषद्ले मार्चमा कच्चा क्षेत्रमा डाँका विरोधी अभियान सुरु गर्न सैन्य—ग्रेड हतियारहरूको लागि कोषलाई अनुमोदन गरेको थियो। मन्त्रिपरिषद्को बैठकमा गत माघ २० गते बसेको सर्वोच्च समितिको बैठकले २ अर्ब ७ करोड रुपैयाँ आवश्यक पर्ने सैन्य दर्जाका हतियार खरिदका लागि सिफारिस गरेको जानकारी गराएको थियो ।

प्रान्तीय मन्त्रिपरिषद्ले आवश्यक हतियार खरिद र कोषलाई स्वीकृत गरेको छ। मन्त्रिपरिषद्को स्वीकृतिपछि सिन्ध सरकारले गृह मन्त्रालयबाट एनओसी पाउनेछ । एआरवाई न्यूजका अनुसार, सिन्ध क्याबिनेटले कच्चा क्षेत्रमा डाँकाहरू विरुद्ध संयुक्त अभियान सञ्चालन गर्ने निर्णय गरेको छ, जसमा सिन्ध, पञ्जाब र बलुचिस्तान पुलिस विभागहरू सहभागी हुनेछन्।

जनवरीमा, सिन्ध पुलिसले सैन्य स्तरको अत्याधुनिक र भारी हतियार खरिद गर्न पाकिस्तानी रुपैयाँ २.७९ बिलियन मागेको थियो। यसैगरी बलुचिस्तानको खुजदार जिल्लामा रिमोट कन्ट्रोल विस्फोट हुँदा दुई प्रहरीको मृत्यु भएको छ भने दुई जना घाइते भएको पाकिस्तानी पत्रिका डनले उल्लेख गरेको छ ।
(एएनआई)

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका