जोडिनुहोस
  • होमपेज
  • सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै

काठमाडौ— सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आजदेखि चौथो चरणका खेल सुरु हुँदैछन् ।

प्रतियोगितामा आज दुई खेल हुँदैछन् । दिउँसो साढे २ बजे च्यासल मैदानमा हिमालयन शेर्पा क्लब र एफसी खुमलटार खेल्ने छन् । दुवै टोली आज दोस्रो जितको खोजीमा हुनेछन् ।

हिमालयन ३ खेलमा ४ अङ्क जोडेर नवौँ स्थानमा छ भने खुमलटार ३ खेलमा ३ अङ्क जोडेर दशौँ स्थानमा छ ।

यस्तै बेलुका साढे ५ बजे दशरथ रंगशालामा रोयल ब्लू सातदोबाटो युथ क्लब र थ्री स्टार क्लब खेल्ने छन् ।

आज सातदोबाटो लगातार चौथो जित निकाल्ने दाउमा हुनेछ भने थ्री स्टार दोस्रो जितको खोजीमा हुनेछ ।

सातदोबाटो ३ खेलमा ९ अङ्क जोडेर दोस्रो स्थानमा छ । थ्री स्टार ३ खेलमा ४ अङ्क जोडेर आठौँ स्थानमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका