जोडिनुहोस
  • होमपेज
  • राष्ट्रपति रामचन्द्र पौडेलले लिए पद तथा गोपनियताको शपथ

राष्ट्रपति रामचन्द्र पौडेलले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ लिएका छन् । सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहबीच नवनिर्वाचित पौडेलले कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट शपथ लिएका हुन् ।

राष्ट्रपति पौडेललाई शपथ ग्रहण कार्यक्रममा नेपाली सेनाको टुकडीले राष्ट्रपति पौडेललाई २१ तोपको सलामी पनि अर्पण गरेको छ ।

नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि संघीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ ।

पौडेल फागुन २५ गते सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै राष्ट्रपति निर्वाचित भएका थिए । उनको कार्यकाल ५ वर्षको हुनेछ । राष्ट्रपति भण्डारीको कार्यकाल आइतबार सकिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका