जोडिनुहोस
  • होमपेज
  • राष्ट्र बैंकले १५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दै

राष्ट्र बैंकले १५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दै

काठमाडौ। नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँको ट्रेजरी बिल २८ दिन, ९१ दिन र ३६४ दिनको लागि जारी गर्न लागेको छ । सोमबार अपरान्ह ३ बजे यस ट्रेजरी बिलका लागि बोलकबोल हुनेछ ।

केन्द्रीय बैंकका अनुसार २८ दिनको लागि ५ अर्बको ट्रेजरी बिल जारी गर्ने र उक्त ट्रेजरी चैत २८ गते परिपक्व हुनेछ।

यता ९१ दिनको लागि पनि ५ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० जेठ ३० गते परिपक्व हुने र ३६४ दिनको लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने र यो ट्रेजरी २०८० फागुन २९ गते परिपक्व हुने बैंकले जानाएको छ ।

व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ । सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।

बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका