जोडिनुहोस
  • होमपेज
  • नेपालको सानदार जित, अब युएईलाई हराए विश्वकप छनोटमा

नेपालको सानदार जित, अब युएईलाई हराए विश्वकप छनोटमा

काठमाडौं । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले पपुवा न्युगिनीमाथि सानदार जित निकालेको छ ।

सोमबार त्रिवी क्रिकेट मैदानमा भएको खेलमा नेपालले पपुवा न्युगिनीलाई ९ विकेटले पराजित गरेको हो । पपुवा न्युगिनीले दिएको ९६ रनको झिनो लक्ष्य नेपालले ७.४ ओभरमा १ विकेट गुमाउँदै पुरा गर्यो ।

नेपालका लागि ओपनर आसिफ शेख र कुशल भुर्तेलले राम्रो ब्याटिङ गरे । उनीहरुले पहिलो विकेटका लागि ३.३ ओभरमा ८ चौका र २ छक्काको प्रहार गर्दै ५१ रन बनाए । शेखले उत्कृष्ट अर्धशतकिय पारी खेले । उनले २१ बलमा ८ चौका र ३ छक्काको मद्धतमा ५३ रन जोडे ।

भुर्तेल १४ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ३३ रन जोडेर आउट भए । कुशल मल्ल १२ रन बनाउँदै नट आउट रहे । पपुवा न्युगिनीका लागि चाड सोपरले एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङ थालेको पपुवा न्युगिनीले ३२ ओभरमा १० विकेट गुमाउँदै ९५ रन बनाएको थियो ।

पपुवा न्युगिनीका लागि ओपनरद्वय किप्लिन डोरिगा र हिरि हिरि सस्तैमा आउट भए । डोरिगाले २ रन र हिरिले १४ रन जोडे । कप्तान असद वालाले २० रन बनाउँदा सेसे बाउले १८ रन, चार्ल्स अमिनीले १६ रन, रिले हेकुरेले रन बनाए ।

यस्तै, चाड सोपरले ८ रन, काबुआ मोरियाले १ रन र हिला वारेले ७ रन बनाए । सेमो कामिया र नर्मन भानुआ भने शून्यमै आउट भए ।

नेपालका लागि बलरहरुले कसिलो बलिङ गरे । सन्दीप लामिछानेले ५ विकेट लिँदा कुशल मल्ल र ललित राजवंशीले २/२ विकेट लिए । राजवंशीले यसअघि युएईविरुद्धको खेलमा ५ विकेट लिएका थिए । यस्तै, सोमपाल कामीको नाममा एक विकेट रह्यो ।

जितसँगै नेपाल ३५ खेलमा १८ जित र १५ हारसहित ३८ अंक जोडेर तालिकाको चौथो स्थानमा छ ।

अब नेपाल पपुवा न्युगिनीमाथि लिग २ मा लगातार छैटौं जितसँगै सोझै विश्वकप छनोट खेल्ने अवसर देखि एक जित टाढा छ । अन्तिम खेल नेपालको युएईसँग छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका