जोडिनुहोस
  • होमपेज
  • उत्तर कोरियाद्वारा दुई क्रुज मिसाइल प्रहार

अन्तर्राष्ट्रिय

उत्तर कोरियाद्वारा दुई क्रुज मिसाइल प्रहार

  • Sagarmatha TV
  • सोमवार, फाल्गुन २९, २०७९
उत्तर कोरियाद्वारा दुई क्रुज मिसाइल प्रहार

काठमाडौँ । उत्तर कोरियाले आइतबार एउटा पनडुब्बी (सबमरिन) बाट आणविक हतियारले सुसज्जित दुईवटा क्रुज मिसाइल प्रहार गरेको छ । उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएले सोमबार सो जानकारी दिएको हो । यी क्रुज मिसाइलहरू दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यासको एक दिन अघि प्रहार गरिएको थियो।

उत्तर कोरियाको यो परीक्षणका क्रममा सेना र गुप्तचर निकायलाई उच्च सतर्कतामा राखिएको दक्षिण कोरियाले जनाएको छ । यसका साथै यी मिसाइल परीक्षणका बारेमा अमेरिकासँग छानबिन भइरहेको छ ।

अमेरिका–दक्षिण कोरिया संयुक्त सैन्य अभ्यास आजबाट सुरु हुँदैछ ।

केसीएनएले पनडुब्बी प्रक्षेपण गरेर अमेरिका र त्यसको कठपुतली दक्षिण कोरियाबाट निस्कने खतराबाट आफूलाई जोगाएको बताएको छ । दुबै क्षेप्यास्त्रहरू “८.२४ योङगुङ” नामक पनडुब्बीबाट प्रहार गरिएको थियो । जसले १५ सय किलोमिटरको दुरी तय गरेका थिए ।

वास्तवमा, दक्षिण कोरिया र अमेरिका आजदेखि नै संयुक्त सैन्य अभ्यास सुरु गर्न लागेका छन् । जसलाई पछिल्लो ५ वर्षको सबैभन्दा ठूलो ड्रिलको रुपमा व्याख्या गरिएको छ । यो अभ्यासलाई ‘फ्रीडम शिल्ड’ नाम दिइएको छ । दुवै देशले सन् २०१८ मा उत्तर कोरियासँग शान्ति वार्ता सुरु गर्दा त्यस्ता अभ्यासहरू रोकेका थिए।

तीन दिनअघि अर्थात मार्च ९ मा नै उत्तर कोरियाका तानाशाह किम जोङ उनले आफ्नो सेनालाई वास्तविक युद्धका लागि सैन्य अभ्यासलाई तीब्र बनाउन आदेश दिएका थिए । यस क्रममा ६ वटा मिसाइल परिक्षण पनि गरिएको थियो । ।

आणविक र ब्यालेस्टिक किलरको परीक्षणलाई लिएर संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि प्रतिबन्ध लगाएको छ । उत्तर कोरियाले आणविक र ब्यालिस्टिक मिसाइल परीक्षण गर्न सक्दैन । यसका बाबजुद पनि लगातार मिसाइल परिक्षण भैरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका