जोडिनुहोस
  • होमपेज
  • ‘ए’ डिभिजन लिग : आज तीन खेल हुँदै

‘ए’ डिभिजन लिग : आज तीन खेल हुँदै

काठमाडौं । नयाँ सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज मंगलबार तीन खेलहरु हुँदैछन् । लिगको चौंथो चरण अन्तर्गत मंगलबार तीन खेलहरु हुन लागेको हो । जसमा एक खेल एन्फा कम्प्लेक्स र दुई खेल दशरथ रंगशालामा हुनेछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा संकटा क्लब र चर्च ब्वाइज युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ । संकटा र चर्च ब्वाइजबीचको खेल दिउँसो २:३० बजे सुरु हुनेछ ।

संकटा आज दोस्रो जितको खोजीमा हुनेछ । संकटा ३ खेलमा ४ अंक जोडेर आठौं स्थानमा रहेको छ । नवप्रवेशी चर्च ब्वाइज लगातार चौंथो जितको खोजीमा हुनेछ । चर्च ब्वाइज ३ खेलमा ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

यस्तै रंगशालामा हुने पहिलो खेलमा जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । जावलाखेल र फ्रेन्ड्सबीचको खेल दिउँसो २:३० बजे सुरु हुनेछ ।

जावलाखेल तेस्रो जित निकाल्ने योजनामा रहेको छ । जावलाखेल ३ खेलमा ७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । फ्रेन्ड्स पहिलो जितको खोजीमा हुनेछ । फ्रेन्ड्स ३ खेलमा १ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

रंगशालामा हुने दोस्रो खेलमा मछिन्द्र फुटबल क्लब र नेपाल पुलिस क्लब भिड्ने छन् । पुछारका दुई टोलीबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ ।

साविक विजेता मछिन्द्र पहिलो जितको खोजीमा रहेको छ । मछिन्द्र ३ खेलमा १ अंक जोडेर १३ औं स्थानमा रहेको छ । पुलिस पहिलो अंकको खोजीमा रहेको छ । तीन खेलमा अंक विहीन पुलिस पुछारमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका