जोडिनुहोस
  • होमपेज
  • स्वदेश फर्किए यू-२० महिला टिम

स्वदेश फर्किए यू-२० महिला टिम

काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरणमा प्रवेश गर्न सफल नेपाली टोली स्वदेश फर्किएका छन् । प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोटबाट दोस्रो चरणमा पुग्न सफल नेपाली टोली मंगलबार बिहान स्वदेश फर्किएका हुन् ।

नेपाली टोलीलाई एन्फाका प्रवक्ता सुरेश शाह, महिला कमिटिका संयोजक तथा एन्फा सदस्य सरिला श्रेष्ठले स्वागत गरेका थिए ।

छनोटको समूह ‘बी’ मा रहेको नेपाल समूह विजेता बन्दै दोस्रो चरणमा पुगेको हो । छनोटको दुबै खेलमा नेपालले सानदार जित निकालेको थियो ।

नेपालले पहिलो खेलमा आयोजक प्यालेस्टाइनलाई ६-० गोल अन्तरले हराएको थियो । यस्तै दोस्रो तथा अन्तिम खेलमा नेपालले नर्दन मारियाना आइल्याण्डलाई ६-० ले पराजित गरेको छ ।

अब दोस्रो चरणको छनोट जुन ३ देखि ११ सम्म हुनेछ । जसबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू-२० महिला एसियन कप खेल्नेछ ।

उज्वेकिस्तानमा हुने यू-२० महिला एसियन कप २०२४ को मार्च ३ देखि १६ सम्म हुनेछ । यू-२० महिला एसियन कपमा १६ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका