जोडिनुहोस
  • होमपेज
  • पीएनजीविरुद्ध नेपालको पाँचौं छिटो जित

पीएनजीविरुद्ध नेपालको पाँचौं छिटो जित

काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग टू त्रिकोणात्मक सिरिजमा सोमबार पपुवा न्युगिनी(पीएनजी)विरुद्ध ७ ओभर ४ बलमा लक्ष्य पूरा गरि ईतिहास कायम गरेको छ । यस जित एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट इतिहासमा नै धेरै बल बाँकी हुँदा हात पारेको पाँचौं जित हुन पुगेको छ।

सोमबार भएको खेलमा पीएनजीले दिएको ९६ रनको लक्ष्य नेपालले ७ ओभर ४ बलमा १ विकेट गुमाउँदै पूरा गरेको थियो । जुन एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट इतिहासकै सर्वाधिक छिटो पाँचौं जित थियो ।

एकदिवसीय अन्तराष्ट्रियमा सर्वाधिक छिटो जित श्रीलंकाको नाममा छ । श्रीलंकाले २००१ मा जिम्बावेले दिएको ३९ रनको लक्ष्य ४ ओभर २ बलमा १ विकेट गुमाउँदै पूरा गरेको थियो । उक्त खेल श्रीलंकाले २ सय ७४ बल अघि जितेको थियो ।

दोस्रो सर्वाधिक छिटो जित श्रीलंकाकै नाममा छ । श्रीलंकाले २००३ मा क्यानडाले दिएको ३७ रनको लक्ष्य २ सय ८२ बल अघि नै १ विकेट गुमाउँदै पूरा गरेको थियो ।

तेस्रो सर्वाधिक छिटो जित पनि नेपालको नाम छ । नेपालले २०२० मा अमेरिकाले दिएको ३६ रनको लक्ष्य २ विकेट गुमाउँदै २ सय ६८ बल अघि पूरा गरेको थियो ।

२००७ मा न्युजिल्याण्डले बंगलादेशलाई २ सय ६४ बल बाँकी रहँदा १० विकेट सुरक्षित गरि जितेको थियो । यो जित चौथो ठूलो जित हो ।त्यसपछि नेपालले सोमबार पीएनजीविरुद्ध सर्वाधिक छिटो पाँचौं जित हात पारेको हो । नेपालपछि अष्ट्रेलिया छ ।

नेपालको एकदिवसीय क्रिकेट ईतिहासमा भने विकेटको अनुसार सबैभन्दा ठूलो जित हो । नेपालले सोमबार पीएनजीलाई ९ विकेटले पराजित गरेको थियो । यसअघि नेपालको २०२० फेब्रुअरी १२ मा अमेरिकाविरुद्ध ८ विकेटको जित हात पारेको थियो ।

अमेरिकाविरुद्धको खेलमा नेपालले ३६ रनको लक्ष्य २ सय ६८ बल अगावै २ विकेट गुमाएर भेटेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका