जोडिनुहोस
  • होमपेज
  • पारस आबद्ध लायन्सको सानदार जित

खेलकुद

पारस आबद्ध लायन्सको सानदार जित

  • Sagarmatha TV
  • मङ्लबार, फाल्गुन ३०, २०७९
पारस आबद्ध लायन्सको सानदार जित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का आबद्ध एसिया लायन्सले वर्ल्ड जायन्ट्समाथि सानदार जित हात पारेको छ । लगातार दोस्रो जित हात पार्ने क्रममा लायन्सले जायन्ट्सलाई ३५ रनले पराजित गरेको हो ।

वर्षाका कारण निधारित समय भन्दा ढिला सुरु भएको थियो । त्यसकारण खेल १० ओभरमा झारिएको थियो । कतारको दोहामा सोमबार राती भएको खेलमा लायन्सले दिएको १ सय रनको लक्ष्य पछ्याएको जायन्ट्सले निर्धारित १० ओभरमा ५ विकेट गुमाएर ६४ रन मात्र बनाउन सक्यो ।

जायन्ट्सका लागि क्रिस गेलले १६ बलमा ३ छक्कासहित सर्वाधिक २३ रन बनाउँदा लेन्डन सिमन्स १४रन बनाए । जायन्ट्सका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

लायन्सका लागि कप्तान शाहिद अफ्रिदी र अब्दुर रजाकले समान २/२ तथा सोहेल तनविरले एक विकेट लिए । त्यसअघि पहिला ब्याटिङको लायन्सले निर्धारित १० ओभरमा ३ विकेट गुमाउँदै ९९ रन बनायो ।

लायन्सका मिस्बाह उल हक १९ बलमा ४ चौका र ३ छक्कासहित ४४ रनमा अविजित रहेका थिए । तिलकरत्ने दिलशान २४ बलमा ३ चौका र १ छक्कासहित ३२ रनमा अविजित रहे ।

थिसेरा परेरा १० र शाहिद अफ्रिदी २ रनमा आउट भए । नेपालका पूर्व कप्तान पारस खड्का टोलीको प्लेइङ ११ मा परेपनि ब्याटिङ र बलिङ गर्ने अवसर भने पाएनन् ।

लगातार दोस्रो जित हात पारेको एसिया लायन्स ४ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । वल्र्ड जायन्ट्स भने २ खेलमा २ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका