जोडिनुहोस

देश

लागुऔषधसहित ५ जना पक्राउ

  • Sagarmatha TV
  • मङ्लबार, फाल्गुन ३०, २०७९
लागुऔषधसहित ५ जना पक्राउ

काठमाडौँ । काठमाडौँ र धनकुटाबाट पाँच जना लागुऔषधसहित पक्राउ परेका छन् । धादिङको गजुरी गाउँपालिका-१ गजुरी बजारस्थित सडकबाट अवैध लागुऔषध गाँजा २१ किलोग्रामसहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा गजुरी गाउँपालिका-८ बस्ने ४५ वर्षीय चन्द्र बहादुर तामाङ र सोही ठाउँ बस्ने ४० वर्षीय राज कुमार तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले काठमाडौँबाट भैरहवातर्फ जाँदै गरेको लु.१ ख.२११९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

धनकुटाको आबुखैरेनी गाउँपालिका-४ बेनिटारस्थित मुग्लिङ पुल जिपबाट नियन्त्रित लागुऔषध डाईजेपाम १ सय १५ एम्पुल, फेनरागन १ सय १५ एम्पुल र नुर्फिन १ सय १५ एम्पुलसहित ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा रुपन्देही सिद्धार्थ नगरपालिका-६ पिपरैया बस्ने ४० वर्षीय महेश चमार, तनहुँ रिसिङ गाउँपालिका-१ सपाङदी बस्ने २१ वर्षीय आकाश गाहा र तनहुँ देबघाट गाउँपालिका-२ बैदी बस्ने २१ वर्षीय सुरज थापा रहेका छन् ।

अस्थायी प्रहरी पोस्ट मुग्लिङ पुल जिपबाट खटिएको प्रहरीले भैरहवाबाट पोखरातर्फ जाँदै गरेको ना।५ ख १८२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका