जोडिनुहोस
  • होमपेज
  • सिकार खेल्न जाँदा गोली लागेर सल्यानमा बालकको मृत्यु

सिकार खेल्न जाँदा गोली लागेर सल्यानमा बालकको मृत्यु

सुर्खेत । सल्यानमा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यानको बनगाड कुपिण्डे नगरपालिका–९ स्वारा भन्ने ठाउँमा अन्दाजी १५ वर्षीय चित्रबहादुर रावत रहेका छन् ।

सिकार खेल्न जाने क्रममा भरुवा बन्दुक एक्कासि पड्किएर रावतको पेट र घाँटीमा गोली लागेको थियो । उपचारका लागि सुर्खेत ल्याउँदै गर्दा बाटोमा उनको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

सोमबार बेलुकी उनका बुबा दिले रावत, आइते रावत र चित्रबहादुर घरदेखि २ किलोमिटर टाढा पर्ने जंगलमा सिकार खेल्न गएको अवस्थामा आइते रावतले बोकेको बन्दुक पड्केको थियो । घटनाबारे अनुसन्धानका लागि प्रहरी टोलीलाई खटाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका