जोडिनुहोस
  • होमपेज
  • जापान : लगातार अनुपस्थित सांसद निष्कासित

अन्तर्राष्ट्रिय

जापान : लगातार अनुपस्थित सांसद निष्कासित

  • Sagarmatha TV
  • मङ्लबार, फाल्गुन ३०, २०७९
जापान : लगातार अनुपस्थित सांसद निष्कासित

जापानी संसद्को माथिल्लो सदनका सांसद योशिकाजु हिगाशितानीलाई निष्कासन गरिएको छ । योशिकाजु युट्युबमा एक चर्चित नाम हो । गाशीको नामले चर्चित उनी युट्युबमा पोस्ट गरिएका सामग्रीका कारण चर्चामा रहन्छन् ।

युएईमा बस्दै आएका योशिकाजु गत वर्ष सांसद निर्वाचित भएका थिए तर उनले एक पटक पनि कुनै सत्रमा भाग लिएनन् । गत साता उनलाई संसद्को माथिल्लो सदनमा व्यक्तिगत रूपमा उपस्थित भई माफी माग्न भनिए पनि उनी आएनन् ।

त्यसपछि अनुशासन समितिले सर्वसम्मतिले उनलाई निष्कासन गर्ने निर्णय गरेको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?