जोडिनुहोस
  • होमपेज
  • संकटासँग चर्च ब्वाइजको बराबरी

संकटासँग चर्च ब्वाइजको बराबरी

काठमाडौं । नयाँ सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको चर्च ब्वाइज युनाईटेड बराबरीमा रोकिएको छ ।एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार चर्च ब्वाइजले संकटा क्लबसँग गोलरहित बराबरी खेलेको हो ।

प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् । खेलको इन्जुरी समयमा संकटाका मनिष डाँगी पेनाल्टीमा गोल गर्न चुकेका थिए । उनको प्रहार चर्चका गोलकिपर प्रिसोले बचाए ।

चर्चका डिफेन्डर कमल श्रेष्ठले पेनाल्टी क्षेत्रमा ह्यान्डबल गरेपछि संकटाले पेनाल्टीको अवसर पाएको थियो । नवप्रवेशी चर्च ब्वाइजको यो पहिलो बराबरी हो ।

चर्चले अघिल्लो तीन खेलमा लगातार जित निकालेको थियो । चर्च ब्वाइज ४ खेलमा १० अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

संकटाले ४ खेलमा ५ अंक जोडेको छ । संकटा आठौं स्थानमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका