जोडिनुहोस
  • होमपेज
  • देशका विभिन्न भागमा आज वर्षाको सम्भावना, काठमाडौंमा अपराह्नपछि मेघगर्जनसहित वर्षा हुने

देशका विभिन्न भागमा आज वर्षाको सम्भावना, काठमाडौंमा अपराह्नपछि मेघगर्जनसहित वर्षा हुने

काठमाडौँ— देशका विभिन्न भागमा आज वर्षाको सम्भावना रहेको छ । केही प्रदेशका विभिन्न भू–भागमा हल्का वर्षाको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विधागका अनुसार आज बिहान गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रहको छ । अन्य प्रदेशका पहाडी तथा हिमाली भू–भागहरूमा आंशिक बदली र तराई भेगमा मौसम सामान्यतया सफा रहेको छ ।

विभागले आज दिउँसो पहाडी भू–भागहरूमा आंशिकदेखी सामान्य बदली रहने बताएको छ । बाँकी भू–भागमा आंशिक बदली रहने छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा अपराह्नपछि मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

काठमाडौंमा आज वर्षाको सम्भावना रहेको छ । अपराह्नपछि वर्षाको सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए । “काठमाडौंमा आज बिहान मौसम सफा रहे पनि अपराह्नपछि भने मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ,” मौसमविद् श्रेष्ठले भने, “ठूलो पानी पर्ने सम्भावना भने छैन । केही समय वर्षा भएर रोकिनेछ ।”

विभागका अनुसार आज राति देशको पहाडी भू–भागहरूमा आंशिकदखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

कोसी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको छ ।

नेपालमा अहिले स्थानीय र पश्चिमी वायुको सामान्य प्रभाव रहेको विभागले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका