जोडिनुहोस
  • होमपेज
  • फ्रान्सका पूर्व प्रधानमन्त्री एडुआर्ड फिलिप आजदेखि भारतको भ्रमण गर्दै

फ्रान्सका पूर्व प्रधानमन्त्री एडुआर्ड फिलिप आजदेखि भारतको भ्रमण गर्दै

नयाँ दिल्ली— पूर्व फ्रान्सेली प्रधानमन्त्री एडुआर्ड फिलिपले द्विपक्षीय आर्थिक सम्बन्ध, विशेष गरी बन्दरगाहहरूमा सहयोग, र स्थानीय सरकारहरू बीचको विकेन्द्रीकृत सहयोगलाई बढावा दिन आज देखि ४ दिने भारत भ्रमण गर्दैछन् ।

उनी हाल फ्रान्सको सबैभन्दा ठूलो व्यापारिक बन्दरगाह सहर ले—हाभ्रेको मेयर भएको भारतस्थित फ्रान्सेली दूतावासद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आफ्नो भ्रमणको क्रममा, एडवार्ड फिलिपले दिल्ली र मुम्बईको यात्रा गर्नेछन्। फिलिपले विदेश मन्त्री एस जयशंकरसँग भेट गर्नेछन् । उनले बन्दरगाह, जहाज र जलमार्गका केन्द्रीय मन्त्री सर्बानन्द सोनोवालसँग भेटघाट गरी बन्दरगाह सहयोग, विशेष गरी ब्लु इकोनोमी र इन्डो—फ्रान्सेली रोडम्याप कार्यान्वयन गर्ने सम्बन्धमा छलफल गर्ने प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

भ्रमणको क्रममा फ्रान्स र भारत बीचको व्यापारलाई प्रवर्द्धन गर्न, फिलिपले धेरै प्रमुख भारतीय लगानीकर्ताहरूलाई भेट्नेछन्, र इन्डो—फ्रान्सेली च्याम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीद्वारा आयोजित व्यापार पुरस्कार समारोहमा विशेष अतिथिको रूपमा सहभागिता जनाउनेछन् ।

आफ्नो मुम्बई भ्रमणको क्रममा एडुअर्ड फिलिपले बृहन्मुम्बई नगरपालिका आयुक्त इकबाल सिंह चहललाई भेटेर दुई बन्दरगाह सहर ले हाभ्रे र मुम्बई बीचको सहयोगका अवसरहरूबारे छलफल गर्नेछन्।

यो उनको पहिलो आधिकारिक भारत भ्रमण भएकोले फिलिपले भारतको इतिहास र संस्कृतिका बारेमा गहिरो अन्तर्दृष्टि प्राप्त गर्ने प्रयास गर्नेछन्। उनले प्रख्यात भारतीय लेखक, इतिहासकार र कलाकारका साथै नागरिक समाजका प्रतिनिधिहरूसँग भेटघाट गर्नेछन्। उनले अप्रिल २०१७ देखि जुलाई २०२० सम्म फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको सरकारको प्रधानमन्त्री भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका