जोडिनुहोस
  • होमपेज
  • उपराष्ट्रपति निर्वाचन : नमूना मतपत्र सार्वजनिक

उपराष्ट्रपति निर्वाचन : नमूना मतपत्र सार्वजनिक

काठमाडौँ । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनका लागि नमूना मतपत्र सार्वजनिक गरेको छ । चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनको लागि आयोगले मङ्गलवार उम्मेदवारको फोटोसहितको मतपत्रको नमूना सार्वजनिक गरेको हो।

संघीय संसद्का सदस्य र प्रदेश सभा सदस्यका लागि छुट्टाछुट्टै मतपत्र राखेको छ । मतपत्रमा उपराष्ट्रपति उम्मेदवारको फोटो पनि राखिएको निर्वाचन आयोगका प्रवक्तासमेत रहेका सहसचिव शालिग्राम पौडेलले जानकारी दिए ।

नेकपा (एमाले)का उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, जनता समाजवाद पार्टीका नेता रामसहायप्रसाद यादव र प्रमीला कुमारी र जनमत पार्टीका ममता झा उपराष्ट्रपतिका उम्मेदवार छन् ।

यादवलाई नेकपा (माओवादी केन्द्र) नेपाली कांग्रेस नेकपा (एकीकृत समाजवादी) लगायतका सत्तारुढ गठबन्धनको समर्थन रहेको छ भने शाक्यलाई भने एमालेबाहेक अहिलेसम्म कसले समर्थन गर्छ भन्ने खुलेको छैन ।

प्रमीला कुमारीले उम्मेदवारी फिर्ता लिने समयमा फिर्ता नलिएका कारण उनको नाम र फोटो पनि मतपत्रमा समेटिएको छ । यद्यपि उनले यादवलाई समर्थन गरेको घोषणा गरिसकेकी छन् ।

झालाई जनमत पार्टीसहित नागरिक उन्मुक्ति पार्टी (नाउपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले समर्थन गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका