जोडिनुहोस
  • होमपेज
  • विश्वकप २०३० : स्पेन,पोर्चुगल र मोरक्कोको संयुक्त दाबी

विश्वकप २०३० : स्पेन,पोर्चुगल र मोरक्कोको संयुक्त दाबी

काठमाडौं । सन् २०३० को विश्वकप फुटबल आयोजना गर्नको लागि स्पेन र पोर्चुगलसँगै सहआयोजकमा अफ्रिकी राष्ट्र मोरक्को थपिएको छ ।

स्पेन र पोर्चुगलले विश्वकप आयोजनाको लागि गत वर्ष नै संयुक्त दाबीको घोषणा गरेको थियो । अब सहआयोजकमा मोरक्को पनि थपिएको छ ।

मोरक्को फुटबलले विश्वकप आयोजकमा स्पेन र पोर्चुगलसँग सामेल भएको जनाएको छ । अब विश्वकप आयोजनाका लागि स्पेन, पोर्चुगल र मोरक्कोले संयुक्त दाबी गर्ने छन् ।

यस अघि स्पेन र पोर्चुगलसँग युक्रेन सहआयोजकको रुपमा रहने बताईएको थियो । तर, रुससँगको युद्दको कारण युक्रेन भूमिका स्पष्ट नरहेको बताईएको छ ।

यस अघि मोरक्कोले २०१० को विश्वकप आयोजनाका लागि दाबी गरेको थियो । तर, दक्षिण अफ्रीकाले आयोजकको रुपमा बाजी मारेको थियो ।

सन् २०३० को विश्वकपका लागि अन्य थुप्रै राष्ट्रले समेत दाबी गरेका छन् । सन् २०३० को विश्वकप आयोजना गर्नको लागि अर्जेन्टिनासहित ४ दक्षिण अमेरिकी राष्ट्रले संयुक्त दाबी पेश गरिसकेको छ ।

विश्वकप आयोजनाका लागि अर्जेन्टिनासँगै चिली, उरुग्वे र पाराग्वेले संयुक्त दाबी पेश गरेको हो । फिफाले यस विश्वकप आयोजनाको घोषणा २०२४ मा गर्ने जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका