जोडिनुहोस

सुनचाँदीको मूल्य स्थिर

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनचाँदीको मूल्य स्थिर कायम भएको जानकारी दिएको छ । महासङ्घले आजको मूल्य सूची तय गर्दै हिजो मङ्गलवारकै मूल्यमा कारोबार सुरु भएको जानकारी दिएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ५ हजार ७०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ५ हजार २०० रुपैयाँ कायम छ । हिजो मङ्गलवार पनि यही मूल्यमा सुनको कारोबार भएको थियो । हिजो एकै दिन १६ सय रुपैयाँले सुनको मूल्य बढेको थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा १ हजार ३०० रुपैयाँ कायम छ । हिजो मङ्गलवार समेत यही मूल्यमा चाँदीको कारोबार भएको महासङ्घले जनाएको छ । हिजो भने एकै दिन चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले बढेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका