जोडिनुहोस
  • होमपेज
  • १२ वर्ष पछि इन्टरमिलान च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

१२ वर्ष पछि इन्टरमिलान च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

काठमाडौँ । इटालियन क्लब इन्टर मिलान १२ वर्ष पछि युएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सन् २०११ मा जर्मन क्लब साल्केसँग समग्रमा ७–३ ले पराजित हुँदै क्वाटरफाइनलबाट बाहिरिएको इन्टर मिलान १२ वर्ष पछि क्वाटर फाइनलमा प्रवेश गरेको हो ।

१२ वर्षपछि क्वाटरफाइनल प्रवेश गर्ने क्रममा इन्टर मिलानले प्रि–क्वाटरफाइनलमा पोर्चुगिज क्लब एफसी पोर्टोलाई दोस्रो लेगमा गोलरहित बराबरी तथा समग्रमा १–० को जित निकाल्न सफल भयो ।

सान सिरोमा भएको पहिलो लेगमा निकालेको १–० को जित नै इन्टरलाई अन्तिम आठमा पुग्न पर्याप्त बन्यो ।

इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको नेपोली च्याम्पियन्स लिगको क्वाटरफाइनल पुग्ने तेस्रो टोली बन्न सक्ने सम्भावना कायमै छ भने यसअघि नै बेन्फिका, चेल्सी, बायर्न म्युनिख, एसी मिलान र म्यानचेस्टर सिटी क्वाटरफाइनलमा पुगिसकेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका